दमक/ धार्मिक र ऐतिहासीक महत्व बोकेको कन्काई माईमेलामा खुल्लम खुल्ला मदिरा र मदिरा जन्य सामाग्री बिक्रि बितरण भएका छन् । माघदेखि झापा जिल्लालाई मदिरा नियन्त्रित जिल्ला बनाउने घोषणा भइरहँदा माई मेलाले उक्त घोषणालाई कुरी–कुरी गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलमा मदिराजन्य सामाग्रीको बिक्रिबितरण गर्न नदिने भनेर गरेको घोषणा कन्काई माई नदिको किनारमा लागेको मेलामा भने कार्यान्वायन भएको छैन ।
गत असोज ७ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्लाका सबै स्थानीय तह बिच भएको छलफलले झापालाई मदिरा नियन्त्रीत बनाउने र त्यसको कार्यान्वायन माग १ गतेबाट गरर्ने भनेर निर्णय गरिएको थियो ।
तर यो निर्णयको कार्यान्वायनको पहिलो गाँसमै ढुङ्गा लागेको छ । अर्थात पुष ३० गते बाट माग २ गते सम्म चल्ने कन्काई माईमेलामा खुल्लमखुल्ला मदिराको किनबेच भै रहेको छ ।
बिर्तामोडबाट कन्काईमाईमा स्टल राख्न आएकी गोमादेवी बरालको स्टलमा ‘ ब्राण्डेड’ देखी लिएर घरेलु सम्मका मदिराहरु पाइन्छ । मेलामा आउने ग्राहकलाई बिक्रि गर्न राखीएको उनले बताईन् ।
उनले धार्मिक मेलामा यसरी मदिराको व्यापार गर्न हुँदैन भन्ने थाह पाएपनि बाध्य भएर बेचेको बताईन । स्टलको भाडा महँगो छ । मदिरा नबेच्ने हो भने त भाडै तिर्न पुग्दैन ।’
बरालको स्टलमा मात्र हैन मेलाका अधिकांश होटलका स्टलहरुमा मदिराको बिक्रि भइरहेको छ । यसरी सार्वजनिक तथा धार्मिक स्थलमा मदिराको बिक्रि-बितरण गर्न नपाईने भनेर प्रशाषन कार्यालयले निर्णय नै गरेको थियो ।
यहाँका हरेक स्टल राख्ने व्यापारीले मेला व्यवस्थापन समितीबाट के बेच्ने के नबेच्ने भनेर सम्झौता गरेर नै सामानहरु राखीएको बताएका छन् । व्यवस्थापन समितीले होटलहरुलाई चिया खाजा, खाना मात्र हैन पेय पदार्थ पनि बेच्न अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा मदिराको बिक्रि बितरण गर्नलाई रोक लगाएको भएपनि मेला व्यवस्थापन समितीले भने पेय पदार्थलाई समेत बिक्रि बितरण गर्न अनुमति दिएको व्यापारीहरु आफै बताउँछन् ।
मेला व्यवस्थापन समितीका अध्यक्ष तथा शिवसताक्षी नगरपालिका १० का वडाध्यक्ष समेत रहेका कर्ण बहादुर थापाले मेलाको सम्पूर्ण ठेक्का ८ लाखमा लगाइएको बताए ।
उनले अघिल्लो वर्षको जस्तो मदिराको बिनबेच नभएको दावी गरेका छन् । उनले मेलामा मदिरा सेवान गरेर हो हल्ला वा झगडा गर्नेलाई तुरुन्तै प्रहरीको सहयोगमा कारवाहि समेत गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयले भने मेलामा मदिराजन्य सामाग्री बिक्रि नभएको दाबी गर्छ । प्रहरीका अनुसार जातीय सस्कृती बाहेक अन्य मदिराको बिक्रि बितरण भएकै छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भिम प्रसाद ढकालले मेलामा मदिराको बिक्रि नभएको दाबी गर्छन् । ‘हरेक ठाउँमा प्रहरीले गस्ति गरिरहेका छन् । प्रहरीको निगरानीमा यहाँका पसलहरु छन् ।’ प्रहरी प्रमुख ढकालले भने ।
मदिरा सेवन गरेर समाजमा बिभिन्न अपराधिक घटना बढेको भन्दै प्रशासनले माघ १ गते बाट जिल्लालाई नै मदिरा नियन्त्रीत जिल्ला घोषणा गरेको हो । तर यसको कार्यान्वायनको पहिलोे खुड्किलो कन्काई माई मेलमै असफल भएको छ ।
मेलामा जथाभावि मदिरा बिक्रि गर्नेलाई कारवाहि गरिने जिल्ला प्रषशन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समाजमा हुने गरेका अपराधलाई कम गराउन जिल्लालाई मदिरा मुक्त घोषणा गरिएको हो ।
कार्यान्वयनको सुरुवातीमा केहि चुनौती भएपनि यसलाई निरन्तता दिदै लगिने प्रमुख अधिकारीले बताए । ‘हामी निरन्तर अनुगमन र निगरानी गराएर नै भएपनि जिल्लालाई मदिरा नियन्त्रीत बनाएर छोड्छौ ।’
वर्षमा एक पटक लाग्ने यो मेलामा पहाडका र तराईका आफन्तका बिच भेटघाट गर्ने अवसर समेत हो । यसमा बिभिन्न जातीय सस्कृती अनुसार मदिराको प्रयोग गर्नु सस्कृति रहे पनि यसको दुरुपयोग र अवैद्यानिक बिक्रि बितरणले समाजमा अपराधिक घटना बढाएको प्रहरीको ठहर छ ।
































