मधुुमल्ला/ मोेरङको मिक्लाजुङ गाउँपालिका वडा नं ९ मा रहेको मनोकामना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्योनो कपडा वितण गरिएको छ ।
मिक्लाजुङ ८ का समाज सेवी प्रवेश कुवंरको उक्त पहलमा उक्त सहयोग उपलब्ध गराएका हुन ।
क्यानडामा बस्ने नेपाली नागरिक पुस्पलाल तिम्सीनाले गरिब तथा दुःखी विद्यार्थीहरुलाई सहयोग गर्न भनी पठाएको रकम बाट सो विद्यालयमा अध्ययनरत ६० छात्र/छात्राहरुलाई न्यानो कपडा स्विटर वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कुुवंरले आफुले आफ्नो क्षेत्रमा सक्दो पहल गर्ने बताए ।
न्यानो कपडा वितरmण कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यको प्रमुख अतिथ्यमा भएको काmर्यक्रममा मिक्लाजुङ शिक्षा साख प्रमुख काँशीनाथ खनाल, वडा नं. ९ का वडाध्यक्ष सोमनाथ अधिकारी र वि.व्य.स अध्यक्ष बाल कृष्ण श्रेष्ठले मन्त्व्य राख्दै दाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।
































