धनकुटा / नेपाल शेर्पा सङ्घ नगर समिति धनकुटाले शेर्पा भाषाबारे तीन महिनो तालिम प्रदान गरेको छ ।  अहिलेका युवापूस्तामा हराउँदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले तालिम गरिएको हो ।

धनकुटा नगरपालिकाका–१ वडाध्यक्ष निरेन तितुङ तामाङको प्रमुख आत्थ्यितामा सोमबार तालिम सम्पन्न भएको हो । तालिममा धनकुटा नगरपालिकाका विभिन्न वडामा रहेका १८ महिलासहित २५ जना सहभागी बनेका थिए ।

तालिमको सहजीकरण काठमाडौं फर्पिङ्ग गुम्बाका भाषाविद् तथा लामा गुरु ङावाङ तेञ्जी शेर्पाले गरेका थिए । तालिम समापन समारोहका प्रमुख अतिथि वडाध्यक्ष तामाङले भाषा, संस्कार, संस्कृति हरायो भने जातिको पहिचान नै हराउने भएकाले संरक्षण गर्नु पर्नेमा जोड दिए ।