पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरभित्रका द्वन्द्वपीडितहरूले नगरपालिका कार्यालयसँग जीविकोपार्जनमा सघाउ पुग्ने योजनाको माग गरेका छन् ।

द्वन्द्वपीडित परिवार साझा चौतारी नामक गैर सरकारी संस्थाकोतर्फबाट अध्यक्ष रीता गिरीको अगुवाइमा द्वन्द्वपीडितहरूले नगरपालिका प्रमुख दिलिपकुमार राईलाई त्यसखाले कार्ययोजना अघि बढाउन मागपत्र पेश गरेका छन् ।

चौतारीले तात्कालीन माओवादी र सरकार पक्षको द्वन्द्वमा पीडित बनेकाहरूको यकिन तथ्याङ्क सङ्कलन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी सहित जिविकोपार्जनका लागि सघाउने कार्यक्रम बनाउनु पर्ने कुरामा जोड दिएको उल्लेख छ ।

मागपत्र बुझिसकेपछि नगर प्रमुख राईले नगरपालिकाले वडा वडामार्फत् द्वन्द्व पीडितहरूको तथ्याङ्क सङ्कलन कार्य अघि बढाएर कार्यक्रम तय गरिने बताए ।