मधुमल्ला/ मोरङ मिक्लाजुङ गाउँपालिका–१ को भगवती माविमा मोरङका सामुदयिक विद्यालयहरूले फुड फेस्टिवलमा विभिन्न खानाका परिकार प्रदर्शन गरेका छन् ।
कक्षा ६ देखी १२ सम्मका विद्यार्थीहरूले ६ वटा स्टलमा ३९ प्रकारका खाद्य पदार्थ प्रदर्शनी गरे । विद्यार्थीहरूलाई प्रयोगात्मकरूपमा सिकाउने उद्देश्यले फुड फेस्टिवल गरिएको कार्यक्रम संयोजक तथा शिक्षक दुर्गा पौडेलले बताए ।
स्थानीय राजु ढकालका अनुसार यस प्रकारका कार्यक्रमले सामुदायिक विद्यालयको जग र गुणस्तर सुधार गर्न मद्दत गर्ने बताए । फेस्टिवलमा मिक्लाजुङ ३८ भन्दा बढी विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय सङ्घसंस्था तथा व्यापारीहरूले अवलोकन गरेको प्रअ प्रेमप्रकाश कोइरालाले बताए ।
कार्यक्रममा कक्षा ८ का विद्यार्थीहरूले बनाएको पकौडा प्रथम बनेको थियो । त्यस्तै कक्षा ७ का विद्यार्थीले बनाएको पापड र फिङ्गरचिप दोस्रो बनेको थियो भने कक्षा ९ का विद्यार्थीले तयार पारेको फेञ्चफ्राई तेस्रो बनेको थियो ।
विजेता टिमलाई स्थानीय दीपज्योति युवा क्लब मिक्लजुङले प्रोत्साहनस्वरूप नगद पाँच–पाँच सय नगद प्रदान गरेको थियो ।
































