मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक जाँड “माघे सङ्क्राँति” हो । माघे सकराती मगर समुदायको नयाँ वर्षको सुरुवात पनि हो । माघे सकराती समुदायको नयाँ वर्षको सुरुवात पनि हो ।
माघे सकराती सार ल्हेस मगर जातिको फूलको वर्षाको रुपमा मनाइन्छ । नयाँ यामको शुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने सङ्क्राँतिमा समापन भई सोही दिनदेखि उधौली सुरु हुने प्रचलन छ ।
यस चाडमा चेलीहरुले मुलको पानी र जमरा स्वरुप जौं को फूल लिएर घरको धुरी खावोमा पूजा गर्ने गरिन्छ । यस दिन छोरी चेलीलाई माइतीहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फूल लगाई दक्षिणा अनि आशिर्वाद दिने चलन छ ।
माघे सकरातीको दिन छोरी चेलीहरुलाई (मिस्रा उपहार) दिने गरिन्छ । घरमा रहेकालाई घरमै र घरमा नआएका चेलीलाई घरघरमा पठाई दिने चलन रहेको छ ।
मिस्रा भन्नाले तरुल, गिा, भ्याकुरको परिकारहरु भुजौरी, खिचडी, घिउको परिकार बनाइएको परिकार हो यस चाडमा मौलिक रुपले भैले खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने धनुषवाण हान्ने आदि गरिन्छ ।
साँस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको शुरुवात गर्ने र मादल बाजाहरु (चर्को आवाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यस दिनदेखि वेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ ।
मगर समुदायमा यस चाड साँस्कृतिक र सामािजक हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको छ ।
मगरहरु नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको मगर समुदायभित्र पनि साँस्कृतिक, भाषिक र सामाजिक विविधता रहे तापनि मौलिक साँस्कृतिक रुपले मगरले माघे सकरातीलाई राष्टिूय साँस्कृतिक चाड मान्दै आएको पाइन्छ ।
मगरहरुले मान्ने चाड भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाड पनि सबैले मनाउँदै आएको पाइन्छ ।
कला सँस्कृतिको हिसावले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैसारु, टप्पा, सरङ्या, यानिमाया आदि नाचगान गर्ने प्रचलित रहेको छ मगर जाति प्रकृति पुजक रहेको हुँदा विगत वर्षहरुमा झैं यस पर्व पनि भकारीमा अन्न भण्डारण गरि परिवारजन वर्षभरि सहज रुपमा बाँच्न पाउने भनी भण्डारण गरिएको बस्तुको परिकारहरुलाई पहिले प्रकृतिको नाममा चढाई आगामी दिनहरुमा पनि यसरी नै कन्दमुल र अन्नहरु उब्जनी होस् भनी प्रकृतिलाई चढाई चाड मनाउने प्रचलन रहेको पाइन्छ ।
सार ल्हेस मगर जातिले फूलको वर्ष भनेर मनाउने गरेको छ माघ महिनाबाट पुरानो ऋतु समाप्त भई नयाँ बसन्त ऋतुको आगमन हुने फूल फुल्ने समय भएको दिनलाई सार ल्हेस भन्ने गरिन्छ ।
यो दिन मगर समुदायले नयाँ नयाँ परिकार बनाई जस्तो कि नयाँ दालको बारा/बटुक र नयाँ चामलको सेलरोटी बनाई प्रकृति र पितृलाई चढाई आफूले चेलीबेटी बोलाई मिठा मिठा परिकारहरु खाएर सार ल्हेस पर्व धुमधामसाथ मनाउँछन् ।
लेखिका नेपाल मगर संघ केन्द्रीय सदस्य हुन् ।
































