११ बजेको हुँदो हो । स्टेशनमा गाडीको पर्खाइमा थिए । मेरा अगाडि–पछाडि सिटी रिक्सा तथा टेम्पो जाने होइन भन्दै कराउँदै थिए । अन्य यात्रु पनि मजस्तै बस कुरिरहेका थिए ।

सिटी रिक्सावाल भन्दै थिए ३० रुपैयाँमा पुर्याइदिन्छु । बसको १० रुपैयाँको बाटो ३० किन तिर्ने भन्दै म नसुनेझै गरे । २० रुपैयाँ अनावश्यक रूपमा किन खर्च गर्ने ? मनमनै सम्झिए ।

बस आयो । बसमा चढे । मेरो पछिल्तिर एक जना बहिनी पनि बस चढिन । मेरो यात्रा विराटनगरसम्मको थियो । उनी पनि त्यतै जादै रहिछन् । मेरो छेउको सिट खाली भएपछि बहिनीलाई बस्न अनुरोध गरे ।

उनले देब्रे हातको औलाभरी औठी लगाएको देखेँ । मैले मनमनै सोचे, मान्छेका अनेकन शोख । देब्रे हातको औला औठीले टपक्कै भरिएको थियो । दाहिने हातमा पनि २ वटा औलामा थियो । मनमा खुल्दुली भयो ।

मैले सोधे, ‘कति धेरै औठी लगाउनु भएछ ?’ अप्ठ्यारो मान्छे भनिन्, ‘रहरले लगाएको ।’ मानिसका अनेकन शोख । कसैको दैनिक कपडा फेरेर लगाउने शोख ।

थरी–थरीका पोशाक फेर्ने पनि शौख नै । पोशाकको शौख पुरुषभन्दा बढी महिलामा हुन्छ । बजारमा हेरिनसक्नुको फेसन छ । आधा आङ ढाकेका कपडाको फेशन, कसैले माथिदेखि तलसम्मको धोक्रो खालको कपडाको शौख । कसैले कपालको फेशन । कसैले रातो पार्छन ।

कसैले सेतो, कसैले अगाडि काटेको, पछाडि लामो यो महिलाको अनेक खालका शोख हुन्छन् । सोचेँ, ती सबै शोखका पछाडि आर्थिक नै त हो ।

महिलाको शोख त छदैछ । पुरुषको पनि शोख उस्तै । आजकालका युवाहरूले घुँडा च्यातेर पाइन्ट लगाउने, कपाल एकातिर काट्ने, अर्कातिर पाल्ने । कसैले आँखा मास्तीर छेडेर मुन्द्रो लगाउने, कसैले कानमा ठुला मुन्द्रा झुन्डयाउने ।

अहिलेका मानिसका शोख लगाउने कुरामात्रै रहेन । बनाउने कुरामा पनि उस्तै गरी शोख पालेका छन् । आजकाल घर कस्तो बनाउने, कस्तो बुट्टा हाल्ने, कस्तो रङ लगाउने , कुन स्टाइलमा बनाउने ।

त्यो पनि शोखअनुसार नै डिजाइन हुने गरेका छन् । कसैको कुकुर पाल्ने शोख, कसैको विरालो पाल्ने, कसैका घरभरि चरा पाल्ने । कसैले सर्प पाल्ने शोख । अनेकन शोख देखिन्छ, सुनिन्छ ।

अहिले नेपालीमा अर्को एउटा शोखले पनि बास गरेको छ । घुम्न जाने । यी सबै शोखका पछाडि सबै आर्थिक नै जोडिन्छन् । आफ्नो इच्छाअनुसारको शोख पूरा गरिरहँदा त्यसले समाजलाई पार्ने असरबारे चाहिँ हामी ध्यान दिएका हुँदैनौँ ।

कतिपय मानिसलाई आफ्नो शोखमा रमाउँदा खराब मानिसले लुट्ने, चोर्ने र हत्यासम्म गरेका उदाहरणहरू हाम्रै समाजमा घटिरहेका छन् । समाजमा सबै मानिस असल मात्रै छैनन् । खराब मनोवृति भएका पनि छन् ।

यी खराब मनोबृति भएका मानिसले समाजमा लुटपाट र बलात्कार मच्चाउने वातावरण पाउने गरीको शोखको प्रयोग नगर्दै राम्रो हुन्छ । यस्ता मनिसको सोखको विविधता छन् ।

उनीहरूको वरिपरिसामाजिक परिवेश कस्तो छ ? जस्का कारण उनीहरू त्यही समाजका अर्का वर्गलाई पाखे केहि नजान्ने, केहि नदेखेकाहरु भन्दै गाली गर्छन् ।

जस्का कारण त्यहाँ गरीब जनता र पुँजीपति धनी मानिसबीच फरक हुने गर्छ । समाजको तल्लो तहका कामदार, मजदुरहरु र धनीमानीबीच ठुलै खाडल बन्दै जान्छ । जुन खाडल नै वर्गिय खाडलमा परिणत हुँदै जान्छ ।

मैले एउटा यस्तै घटना देखेको थिए । एउटा गाँउमा ओरीपरी गरीब जनताको बस्ती बिचमा धनी तहका मानिस थिए । ती धनी जमिनदार पनि होइनन् । तर उनको परिवार सामन्ती चिन्तनबाट ग्रस्त थियो ।

वरिपरिका सबैलाई कामदारको रूपमा हेर्थे । एकदिन ती धनीमानीको घरमा पैसा लुट्न आएछन् । उनीहरुलाई कुटपिट गरे र पैसा लुटेर लागे । तर, गाउँले कोही पनि मद्दतका लागि आएनन् ।

घटना किन भयो भन्दा मानिसको सोख पूरा गर्ने बाहानामा अरुले उनको परिवारलाई दुःख दिए । धनी मानिसले हातका ५ ओटै औलामा औँठी देख्दा एउटा गरिबलाई पनि लाउने रहर त पक्कै जाग्छ होला ।

गाँउको एउटा पैसावालाको बच्चालाई स्कुलमा लैजान गाडी आउछ । त्यहिको गरिबको छोरा छोरीलाई पनि त्यसै गरि स्कुल जाने सोख पक्कै हुन्छ तर नपाउँदा खेरी कति खिन्न हुन्छन ति बच्चाहरु ।

उनिहरुको मनस्थितीमा पर्ने असर कसतो हुन्छ सोच्न जरुरी छ ।

त्यस्मा पनि मानिसका आफ्ना आफ्नै शोखका कारण त्यहाँ पनि धनि र गरिब छुटियो । हाम्रो सामाजिक बनावट आर्थिक कारणले यसरी विभाजीत हुदैँ गएको छ ।

अझ अबत समाज धार्मीक कारणले पनि विभाजीत छ यो पनि मानिसको सोखकै कारण हो । त्यस्तै विस्तारै समाजलाई विभाजन गर्ने जातिय कारण पनि बन्न सक्ने खतरा बढ्दै गएको छ । आर्थिक कारण त विगत देखिनै थियो ।

अबको बाटो के ? हिजो देखिनै वर्गिय रुपले धनी गरिबबीच खाडल छ । धार्मिक अगुवाले जहिले पनि गरिबलाई देखाइ राख्न चाहन्थ्यो । त्यो जुनसुकै जातीको भएपनि तर अहिले यस्मा अर्को जातिय विभेद थपिएको छ ।

अब हामी समाजमा रहेका सबैवर्ग सबै लिङ सबै जात जातीले कम्तीमा आफ्नो सोख जस्तो भएपनि हाम्रो सामाजिक बनावटलाई हेरेर सामाजिक एकरुपता कायम गर्नलाई आफ्नो अनावश्यक सोखलाई घटाउने र हाम्रो आफ्नो अगान जोडिएको अर्को दाजुभाइले पुरा गर्न सक्ने खालको सोखलाई प्रयोग गरि कम्तिमा मैले केहि छाड्दा समाजमा म स्थापित हुन सक्छु ।

हामी एक ठाँउमा मिलेर जान सक्छौँ भन्ने भावना साथि, समाजमा आफना विचार राख्नु अहिलेको आवश्यकता हो । हामी समाजमा जातिको सहज हुन्छौँ । त्यति धेरै हामीले समाजलाई निकाश र समृद्धिमा एक भएर लाग्न सक्छौँ ।

त्यो काम हामीले गर्नैपर्छ । यो नै सामाजिक सदभाव बनाइ राख्नेर समाजलाई अगाडी बढाउने एउटा राम्रो मौका हुने छ ।