उदयपुर/ नेपालीहरुको एक महान पर्व माघे शक्रान्तिका लागि बजारमा विशेष स्थान बन तरुलले लिएको छ ।  माघे शक्रान्तिमा फलफुल, तरुल, तिलको लड्डु, सेल लगायतका विभिन्न परिकार खाईने भएपनि विशेष गरि वन तरुललाई पनि लिईने भएकोले बजारमा विशेष स्थान लिएको हो ।

शक्रान्तिको दिन सबेरै उठेर नदि, नाला, ताल तलाउ तथा जलासयमा स्नान गरि पुजा पाठ गरि फलफुलको साथ तरुल, सेल, तिलको लड्डु लगायत विभिन्न परिकार खाने चलन नेपाली समुदायमा रहिआउको छ ।

पहाडी भेगमा विशेष गरि तिलको लड्डु भन्दा पनि वन तरुल खाने पर्व झैँ विशेष गरि वन तरुल खाने गरेको स्थानियहरु बताउँछन् । माघे शक्रान्तिको लागि गाउँ घरबाट अघिल्लो दिन वनमा तरुल खन्न जाने चल नै रहिआएको स्थानिय निरबहादुर राईले बताए ।

तराईको तिर विशेष रुपमा तिलको लड्डु खाने चल रहेको भएपनि पहाडी तथा हिमाली भेगका समुदायमा वन तरुल खाने चलन रहेको पाईन्छ । नेपालमा धेरै चाड पर्वहरु मनाउने भएपनि माघे शक्रान्तिलाई पनि विशेष रुपमा मनाउने गरेको राईले बताए ।

यस शक्रान्ति हिन्दु धर्मलम्बि तथा नेपालको आदिबासीहरुले मनाउने गरेका छन् । वन तरुलको पनि छुट्टै पहिचान रहेकाले यसलाई पनि अन्य खाद्य वस्तुलाई झैँ विशेष खानाको रुपमा शक्रान्तिमा खाने गरिएको स्थानियहरु बताउँछन् ।

नेपालमा बसोबास गर्ने आदिवासी किराँत समुदायको राई, सुनुवार, लिम्बु लगायतका किराँतीहरुले माघ १ गतेलाई यलेदुङ् नयाँ वर्षको रुपमा मनाउदै आएका छन् । भने मगर, थारु, राजवंशी लगायतका जातजातीहरुले पनि विशेष पर्वको रुपमा मनाउँदै आएका छन् ।

यलम्बरको साशनकाल देखि यले सम्वतबाट माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको बुढापाकाहरु बताउँछन् । नेपालमा विभिन्न तिथी मिती भएपनि किराँत समुदायका पनि छुट्टै मिति रहेकाले अहिले यलेदुङ ५०७८ लाई विदाई र नयाँ वर्षलाई स्वागत गर्न तम तयारी भईरहेका छन् ।

माघि पर्वको रुपमा मनाउने शक्रान्तिको अघिल्लो दिन जागराम बसी विहान सबेरै उठी नदी, खोला, पोखरी तथा जलासयमा स्नान गरि पुजा पाठ गरि वन तरुल, तिलको लड्डु, सेल तथा फलफु खाने चलन रहेको छ । देविदेवताको पुजा सँगै घरको पितृको समेत पुजा आरधना गर्ने गरेको पाईन्छ ।

नदी, नाला, पोखरी तथा जलासयमा स्नान गर्दा विभिन्न रोगहरु निको हुने र पुजा पाठ गर्दा मानोकाङ्क्षा पुरा हुने हिन्दु समाजमा रहिआएको जन विश्वास छ । शिवले बर्दान दिने जस्ता अन्धविश्वाले गर्दा पनि सबै जात जातीहरुले मनाउने गर्दछ ।