इटहरी/ पछिल्लो समयमाअव्यवस्थीत सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, ठुला व्यापारीक महलबाटै सडक पार्किङले इटहरी अस्तव्यस्त हुनथालेको छ ।
दुई महिना अगाडी सडक अतिक्रमण विरुद्ध खरो रुपमा उत्रिएको इटहरी उपमहानगरपालिका पुःन मौन भए पछि सडक अतिक्रमण बढ्न थालेको हो ।
अहिले इटहरी चौकको मुख्यहाईवे देखि पुर्व तथा पश्चिमलाईनका सडकहरु व्यापारीहरुले कब्जा गरीरहेका छन । प्राईभेट गाडी तथा व्यापारीक सवारी साधनले सडक कब्जा नै रहेको बताउँछन इटहरी पश्चितलाईनका खुद्रा व्यापारी पप्पु निरौला । 'सडकहरु कब्जा नै जस्तै भएका छन यात्रुहरु हिड्नसम्म ठाँउ छैन इटहरीमा चौकमा' उनले भने ।
इटहरीको बुढी खोलादेखी कान्छी चौकसम्मको पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण कोशी राजमार्गमा साँढे ८२ फिट सडक कायम गरी त्यस्ता संरचना हटाउन केहि दिन इटहरी उपमहानगरपालिकालागे पनि निरन्तरता नदिदा सडकको अवस्था जस्ताको तस्तै भएको कांग्रेस महासमिति सदस्य कोवित कार्की बताउँछन् ।
उनी भन्छन् अहिले इटहरी तथाआसपासको चौकका बाटो अतिक्रमण छ, यात्रुहरु हिड्न सक्ने अवस्थामा समेत छैन ।
पुर्वकै एक प्रमुख व्यापारीक केन्द्रका रुपमा विकसित बन्दै आएको इटहरी उपमहानगरपालिकाको बजार अस्तब्यस्त हुदा इटहरीको स्वरुप नै बिग्रीएको इटहरीका विनम कार्की भन्छन् ।
झनै इटहरीको मुख्यचोक तथा बजार क्षेत्रमा व्यापारीले सडक पेटीमा व्यापारीक सामाग्री र ठुला महलले प्राईभेट पार्किङ बनाउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको उनको दुखेसो थियो ।
उपमहानगरपालिकाले इटहरीको पार्किङ ब्यवस्थापनमा ध्यानदिनु पर्ने उनको सुझाब छ ।
पैदलयात्रुलाई समेत सास्ती
इटहरीको मुख्यचौक तथाआसपासमा हिड्न समेत सास्तीहुने गरेको छ । पछिल्लो समयमाअब्यवस्थीत सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, व्यापारीहरुले सडकमै सामाग्री पर्दशनगर्दा अहिले इटहरी चौक कुरुपबन्दै गएको छ ।
नियमतसडकमा पार्किङसँगै हाईवेमा सामाग्री राख्ननपाईने भएपनि व्यापारीहरुले मनपरी गदै आएको बताउँछन् इटहरी स्थित आरसिटि मार्केट अगाडी भेटिएका भेटघाट चौकका दलेन्द्र राई बताउँछन् ।
पुर्वकै एक प्रमुखव्यापारीक केन्द्रका रुपमा विकसित बन्दै आएको इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रमा सडकमा रहेका त्यस्ता संरचना हटाएर उक्त स्थानमा ब्यवस्थीत पार्किङ बनाईने छ ।
इटहरीको मुख्यचोक तथा बजार क्षेत्रमा व्यापारीले सडक पेटीमा व्यापारीक सामाग्री र ठुला महलले प्राईभेट पार्किङ बनाउँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।
पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमाआवासीय क्षेत्रको विकास, पैदलयात्रु हिड्ने छुट्टै व्यवस्थानहुनु, साइकल लेन नहुनु र जनसंख्याको उच्च वृद्धिका कारण इटहरी सडक पैदलयात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो ।
बढ्दो सडक अतिक्रमणलाई रोक्न अभियान सुरु गरे पनि पुःन भईरहेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन् । इटहरी चौक तथा आसपासमा सडकपेटी अतिक्रमण अझै बढि रहेको उनको भनाई थियो ।
हामीले अतिक्रमण रोक्नप्रयास गरे पनि अतिक्रमण बढ्दै गएको कारण आफुहरु गम्भिर रहेको बताईन् । हामी यसलाई अनुगमन गरेर हटाउँन लाग्छौ उपमेयर गौतमले भनिन् ।
टेंग्राखोलामा सधै समस्या
इटहरीको मुख्यचौकलाई टेंग्राखोला घाडो हुदै गएको छ । इटहरीमा यात्राकालागि समस्या बन्दै आएको टेंग्राखोलाको पुलको दुबै तर्फ हिड्नका लागि फुटपाथ पुलको बने पनि इटहरी चौक आवतजावतमा समस्या हुदै आएको छ ।
टेंग्राखोलाको पुल साँघुरो भएका कारण ट्राफिक जामअहिले पनि जस्ताको तस्तै छ ।
नेपाल सरकार सडक विभागको लागतमा ३४ मिटर लामो र साढे २ फिट चौडाईको पक्की फुटपाथ निर्माण भएको थियो । मान्छे मात्र हिड्न मिल्ने गरी र पछि फोर लेनको सडक निर्माण हुँदापुल विस्तार गर्दा फुटपात नै राख्नमिल्ने गरी डिजाईन गरिएको भएपनि ती सडक कामै नलाग्ने भएको स्थानीयले गुनासो गरेका छन ।
अहिलेलाई मानिस, रिक्सा ,सफारी गुडाउन मिल्ने गरी निर्माण गर्न लागिएको यो फुटपाथले केहि हद सम्मयात्रामा सहज भएपनि अहिले अवस्था उस्तै भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
































