पथरी / नेपाली कांग्रेसका क्रियाशिल सदस्यसहित एक दर्जन कार्यकर्ता पथरीशनिश्चरे नगरबाट नेपाली कांग्रेस परित्या गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।
पथरीशनिश्चरे–२, का नेपाली कांग्रेसका सह संयोजक पूर्व वडा सभापती खडानन्द न्यौपाने नेकपामा प्रवेश गरेको हो ।
नव प्रवेशी न्यौपाने गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडासदस्यको उमेदवारी दिएका थिए । उनले पार्टीको पूर्व सभापती ५ चोटी नेतृत्व गरेका थिए । न्यौपानेका अनुसार क्षेत्र नं. ३ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उमेदवार दिएका सुनिल शर्मा आए पछि आफुले नेपाली कांग्रेस परित्याग गरेको बताए । पार्टीमा काम नगर्नेलाई अवसर दिएपछि पार्टी परित्याको घोषणा गरेको उनको कथन थियो । उनीसँगै तरुणदलका वडाअध्यक्ष गंगाप्रसाद गिरी, सुरेन मैनाली,खड्ग प्रसाद भारती,लालबहादुर सोडरी, धनबहादुर राय,नेत्र प्रसाद सञ्जेल, देवीप्रसाद सञ्जेल र राजेन्द्र गौतम रहेका छन् । उनीहरुलाई कानुन मन्त्रि भानुभक्त ढकालले अविर लगाएर नेकपामा स्वागत गरेका थिए । पथरीशनिश्चरे–१, मा रहेको नेकपाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रममा स्वागत गरेको हो ।