धरान / धरान उपमहानगरपालिकाको कर वृद्धि समस्याबारे समाधान गर्न बनेको सुझाव कार्यदलले आज पत्रकार सम्मेलन गरि करको दरमा पुनरावोलकन गर्ने सहमति भएको जनाएको छ ।

नेपाली कांग्रेससहित अन्य दलहरुको चर्को विरोध पछि समस्या समाधान गर्न संयुक्त सुझाव कार्यदल गठन गरिएको थियो । सो कार्यदलले मंसिर १६ गते राजश्व परामर्श समितिमा सिफारिश गरेको थियो । सो सहमतिको सिफारिशलाई राजश्वज परामर्श समितिले पुस ९ गते निर्णयसहित सिफारिश गरेपछि पुस १० गते कार्यपालिका बैठकले आगामी नगरसभाबाट अनुमोदन गराउने गरी निर्णय गरिएकोबताइएका छ ।  सहमति भएको बारे आज जानकारी गराइएको हो । कार्यवाहक प्रमुख मञ्जु भण्डारीले सबैको सहमतिमा जनतालाई भार नपर्ने गरि लागु हुने बताएकिछन् ।