धरान । पूर्व पत्रकार रवीन्द्र मिश्र र उज्वल थापा सम्मिलित विवेकशील साझा पार्टी छोटो समयमै फुटेको छ ।

पार्टीका संयोजकद्वयमध्ये उज्वल थापाले निर्वाचन आयोगमा शुक्रबार नयाँ दल दर्ता गराएका छन् । नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’ राखिएको छ । पार्टीमा रहेका ३७ सदस्यीय केन्द्रीय समितिमध्ये १६ जना नयाँ पार्टीमा गएका छन् ।

जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद् विराज भट्ट श्रेष्ठ र रमेश पौडेल पनि छन् । थापाले पार्टी गलत बाटोतर्फ लम्किएकाले नयाँ दल दर्ता गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

मिश्र पक्ष एकल ढङ्गले अघि बढेको निश्कर्षसहित पार्टी फुटेको हो । थापाले केही समयअघि समीक्षा प्रतिवेदन बुझाएका थिए । जसमाथि छलफल नगरी मिश्र पक्ष एकलौटी ढङ्गबाट अघि बढेको निश्कर्ष थापा पक्षको छ ।