विराटनगर / विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसले राष्ट्रपति विद्यादेवी भण्डारी क्याम्पस पढ्दा उनको रोल कल नं. ३२० रहेको थियो ।
राष्ट्रपति भण्डारी महेन्द्र मोरङ क्याम्पसमा विस २०३९–४१ मा मानविकी संकायमा राजनीतिशास्त्र र इतिहासमा स्नातक तहमा अध्ययन गरेकी थिईन । ०३९/४० मा राष्ट्रपति भण्डारीको रोल नम्बर ३ सय २० रहेको थियो भने सिम्पल नम्बर समेत ३ सय २० नै रहेको क्याम्पसको रजिस्टेसनमा उल्लेख छ । २०४० स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा राष्ट्रपति भण्डारी कोषाध्यक्ष पदमा विजयी समेत भएकी थिइन् ।
पूर्व विद्यार्थीको रुपमा तथा आफ्नो कलेजको विद्यार्थी मुलुकै पहिलो महिला राष्टपति भएकाेमा क्याम्पसले भव्य अभिन्नदन गर्ने तयारी गरेको छ । उनलाई विहीबार अभिन्नदन गरिने आयोजकले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
राष्ट्रपति भण्डारीको स्वागतका लागि प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दवहादुर तुम्वाहाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई, संघीय सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेल, कानून मन्त्री भानुभक्त ढकाल, संघीय सासद, प्रदेश सदस्य, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चाल विश्वविद्यलयका पदाधिकारी, विभिन्न विभिन्न विद्यार्थी संघसंगठनका नेताहरुको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्याम्पसका पूर्व विद्यार्थी समेत रहेकी भण्डारी राष्ट्रको सर्वोच्च पदमा पुगेकोमा क्याम्पसले अभिनन्दन गर्ने भएको हो ।
राष्ट्रपतिलाई गरिने अभिन्नदनको सम्पूर्ण तयारी पुरा भएको क्याम्पसले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गरायो । राष्ट्रपतिलाई अभिनन्दनको लागि क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको संयोजकत्वमा २ सय १ सदस्य मूल समिति र ११ उप समिति गठन भएको जानकारी दिएको छ । राष्ट्रपतिवाट हुने क्याम्पस भ्रमणवाट यस भेगकै शैक्षिक क्षेत्रको गरिमा वृद्धि हुनका साथै पूर्व विद्यार्थी आज राष्ट्रप्रमखको रुपमा पाउँदा सिंङ्गो क्याम्पस परिवार गौरवान्तिभ भएको प्रमुख तिमल्सिनाले बताए ।