विजयपुर/ धरानमा जारी दोस्रो मेयरकप स्कुल ओलम्पिकमा डिपो माविले ९ स्वर्ण जित्दे शीर्ष स्थानमा रहेको छ ।

हालसम्म सात खेल सम्पन्न भएका छन् । ओलम्पिकमा १२ खेल समावेश गरिएका छन् । जसमध्ये तेक्वान्दो, एथ्लेटीक्स, भलिबल, ब्याडमिन्टन, बुद्धिचाल, बास्केटवल, र सेपाकताक्रो खेल सम्पन्न भएका हुन् ।

नगर खेलकुद विकास समितिका अनुसार डिपो माविले ९ स्वर्ण, ५ रजत र २ कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ ।

९ स्वर्ण, २ रजत र १२ कास्य जितेको सैनिक आवासीय मावि दोस्रो स्थानमा छ । ४ स्वर्ण,४ रजत ३ कास्य जितेको नवज्योती स्क’ल तेस्रो स्थानमा रहेको छ । ४ स्वर्ण, २ रजत र १ कास्य पदक सहित शारदा वालिका मावि चौथो रहेको छ ।

अब ५ खेल बाँकी छन् । फुटबल, टेवलटेनिस, कराते, क्रिकेट र कवड्डी खेल हुन बाँकी रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले जानकारी दिए ।