काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने भएको छ । आगामी पुस २८ गते महाधिवेशन गर्ने मिति तय गरिएको छ ।

महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज पत्रकार सम्मेलन गरेर महाधिबेशनबारे जानकारी गराएका छन् ।  तीन महिनाको म्यादमा पनि अधिवेशन हुन नसकेपछि फेरि दुई महिना म्याद थपिदिएको थियो । दुई महिने म्याद माघ २ गते सकिँदै छ ।