विजयपुर / धरानमा गतबर्षबाट शुरु भएको दोस्रो विद्यालय ओलम्पिक मेयरकप बुधबारबाट शुरु भएको छ । धरान १६ रंगशालामा आयोजना भएको मेयर कपको उद्घाटन संघीय सांसद जयकुमार राईले पानसमा बत्ती बालेर उद्घाटन गरे । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले शान्तिका प्रतीक परेवा उडाएर मेयर कप विधिवत रुपमा शुरु भएको घोणणा गरिएको थियो ।

१७ गतेसम्म सञ्चालन हुने सो कार्यक्रमको उद्घाटन पश्चात संघीय सांसद जयकुमार राईले धरानलाई पर्यटकीय, धार्मिक पर्यटनको क्षेत्रमा मात्र हैन खेलकुदको उर्वर भूमि बनाउन संघीय सरकारसंग बजेट माग गरेको बताए । उनले ४ कराड बजेट माग गरे पनि धरानको विकासका लागि १ करोड मात्र छुट्याएको बताए । उनले स्व. तारा सुब्वाले धरानलाई खेलकुदको शहरको रुपमा परिचित गराउन शुरु गर्नुभएको मेयरकप स्कुल ओलिम्पिकलाई वृहत बनाएर लाने र भविष्यमा राष्ट्रिय तथा अन्त राष्ट्रिय खेलाडी उत्पादन गर्ने सोचमा स्थानीय तहले अगाडि बढन सुझाव पनि दिएका छन् ।
यस्तै प्रदेश सभाका सभामुख प्रदीप भण्डारीले एक नं. प्रदेशको अत्यन्तै सुन्दर सहरको रुपमा परिचत धरानको विकासमा प्रदेश सरकारले विशेष जोड दिएको बताए । उनले प्रदेश सरकारले धरानको हरेक गतिविधिलाई चलायमान बनाउन हरेक क्रियाकलापमा सहयाग गर्र्न प्रतिबद्धता जनाए ।

मेयरकपको समुद्घाटन कार्यक्रमको अध्यक्ष एवम् धरान उपमहानगरपालिकाकी कामु प्रमुख मञ्जु भण्डार्ीले स्व. तारा सु्ब्बाको योजना अनुरुप धरानलाई खेलकुदको विकास गर्ने हेतुले मेयर कप स्कुल ओलम्पिक शुरु गरेको बताउदै उनले छोडेका अधुरा कामलाई अब आफूहरुले पूरा गर्ने बताईन । उनले भनिन–‘स्व. सुब्वाका सपना पुरा हुदैन् ।’ उनले धरानलाइ खेलकुदको सहर बनाउनकै लागि मेयर कपको शुरुवात गरेको बताउदै अब यसलाई वृहत बनाएर लाने बताइन् ।

उद्घाटनका अवसरमा धरानका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागितामा मार्च पास प्रस्तुत गरेका थिए । जातीय सघ सस्थाले समेत जातीय झाकी प्रदर्शन गरेका थिए । कार्यक्रममा सुनाखरी बोर्डिङ्ग स्कुल र युरका आवासीय माविले नृत्य प्रस्तु गरेका थिए । यस्तै शसस्त्र प्रहरी पकलीको टोलीको राष्ट्रिय धुनसंगै राष्ट्रिय गान प्रस्तुत गरेका थिए

दोस्रो मेयर स्कुल ओलम्पिक प्रतियागितामा १२ वटा खेलमा सामुदायिक तथा निजी विद्यालय गरी ५४ विद्यालयले भाग लिएका छन् । गत बर्ष १० खेल खेलाइएका थिए । यो बर्ष कपर्डी र सेपेक टेक्रो थप गरिएको हो ।

प्रतियोगितामा विजेता हुने विद्यालयलाई १ लाख २० हजार, दोस्रो हुनेलाई ८० हजार र तेस्रो हुनलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । गत बर्ष आयोजना गरिएको प्रतियोगिताबाट उठेको रकमले धरान ८ को ल्याबारेटरी मावि, धरान १३ को सत्यसाही स्कुल, धरान २० का भालुढुंगा माविमा बास्केल बल, भलिवल, व्याडमिन्टन र सेपाक ट्याक्रो वहुउद्देश्य कोर्टको निर्माण गरिएको थियो भने धरान ३को भानु स्मृतिमा टेबुल टेनिस कोर्ड निर्माण गरिएको थियो । यस बर्ष पनि त्यसलाई निरन्तता दिने बताइएको छ ।