चितवन / सामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् । अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् । शारिरीक बनोटका  साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् । यी नै मध्येका एक जोडी हो- बखत बिष्ट र प्रतिभा चौधरीको ।

उनीहरुको जोडीले अहिले सामाजिक सञ्जाल तताएको छ । उनीहरुका हरेक भिडियो युट्युबमा सर्वाधिक अगाडि छन् ।
यसैबीच, एउटा अर्का व्यक्ति पनि केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हुन्- चितवनका  फुर्साङ बोमजन । फरक अनुहारकै कारण उनी चर्चाको शिखरमा छन् । फूसाङको अनुहार प्राकृतिक रुपले भने यस्तो होइन । फुर्साङले नै आफ्नो अनुहार यस्तो बनाएका हुन् । अरुभन्दा फरक हुन खोज्नेन फुर्साङले यस्तो अनुहार बनाएको धेरै भएको छैन । करिब चार महिनाअघि मात्र उनले यस्तो अनुहार बनाएका हुन् । फूसाङले कान, जिब्रो, नाक, गाला, ओठलगायत अनुहारका धेरै भागमा छेडेका छन् ।  मुन्द्रा लगायका छन् ।
फुर्साङको यस्तो भिन्न किसिमको लुक्सले प्रहारी खोरसम्म पुगे पुगेको बताए । आफ्नो यस्तो लुक्स देखादा ममीले  झुण्डिएर मर्ने सम्म भन्नु भएको बताए । कुलतको नसामा लगेर मरेर फेरी पुन जन्म पाएको बताउने फुर्साङ आफुले जिन्दगीमा धेरै गल्ति गरेको र अब तेस्तो गल्ति नगर्ने भन्दै कुलतमा लागेको युवालाई सहि बाटोमा हिन्न आग्रह गरेका छन्।