धरान  /  गायक तथा संगीतकार दिपेन राईको आवाजमा 'जुन तारा' बोलको गीत सार्वजनिक भएको छ । गीतकार निरोज श्रेष्ठको शब्द र संगीतमा रहेको 'जुन तारालाई साक्षी राखी' बोलको गीतमा कुन्दन राईले एरेन्ज गरेका छन् । पूर्वाञ्जल रेकर्डिङ स्टुडियो इटहरीले उक्त भिडियोको रेकर्ड गरेको छ । गायक तथा संगीतकार दिपेन राईको स्वरमा रहेको गीतमा दिपेन आफैले अभिनय गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका हुन भने दिपेन राई, झुमा मगर, बिशाल राई, राजन क्षेत्री, कल्पना राईको उत्कृष्ट अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई रुद्र श्रेष्ठले निर्देशन गरेका छन् ।

विदेशमा बस्ने युवाहरुको स्वदेशमा आफ्नी प्रेमिका अरुसँग गएको र पीडामा परेका युवाले आत्महत्या नै गरेको दृष्य भिडियोमा कैदगरिएको छ । यो भिडियो वास्ताविक घट्नामा आधारित भएको गायक राईले जानकारी दिए ।