काठमाडौं/ दी पाल्म ग्रुप प्रालिको व्यानरमा निर्मित ‘सायाबुङ्ग’ लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ ।

नेपाल सरकार केन्द्रीय चलचित्र जाँचपास समितिले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । यो फिल्म किरात राई जातिको संस्कृतिमा आधारित नेपाली फिल्म हो । नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका किरात समुदायको भाषा, धर्म, सस्कार र सस्कृतिको विषयमा देखाइएको छ ।

गोठाले जीवन बिताई रहेको एउटा टुहुरो लिम्बु केटा ‘मिराक’ र गोठ मालिकको छोरी ‘सुम्निमा’ बीचको अन्तरजातीय प्रेमलाई फिल्ममा उतारिएको छ ।

साया राईको निर्माण र भगिराज राईको निर्देशनमा बनेको फिल्ममा सौजन सुब्बा, साया राई, सगुन सुसारा, निशा राई र राहुल बोगीलगायत कलाकारको अभियन रहेको छ । यो चलचित्र पाँचथर जिल्लाको विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।