कात्तिक १६ गतेबाट रिलिज हुनलागेको चलचित्र ‘चङ्गाचेट’ अहिले गीतका कारण चर्चामा छ । ‘गोजीमा दाम छैन’ बोलको गीतले हङ्गामा नै मच्चाइरहेको छ । यसैबीच चलचित्रको फस्टलुक रिलिज गरिएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य ४ कलाकारको भिन्न रूप देखाइएको छ ।

जसले गर्दा चलचित्रप्रतिको कौतुहलता अझ बढ्नेछ । चलचित्रका मुख्य ४ कलाकार आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा र सन्दीप क्षेत्रीलाई अपराधीको रूपमा उभ्याइएको छ । उनीहरूले एउटै अपराध गरेका छन् ।

पोष्टरमा नायिका प्रियङ्का कार्की र परमिता आर एल राणालाई भने देखाइएको छैन । यसैले पनि ४ पात्रको भूमिकालाई लिएर दर्शकमा अझ उत्साह बढ्ने विश्वास गर्न सकिन्छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् ।