श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज ६ गते मङ्गलबार, २२ सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर। भाद्र शुक्लपक्षको एकादशी तिथि १९ः५७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तराषाढा ०६ः४५ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः५२ बजे र सूर्यास्त ०५ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम पूरा नभए पनि दिगो योजना बन्नेछ। दिगो उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
परोपकारी काममा प्रवृत्त भइनेछ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कमजोरी तथा आलश्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ कामको अवसर जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ। रमाइलो यात्रा हुनेछ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। विवादले मित्रताको बन्धन कमजोर रहला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले काम सम्पन्न गर्न समय लाग्नेछ। सकेको काम दोहो¥याउनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम बन्नाले जिम्मेवारीसमेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। रकम सञ्चय गर्न पनि सकिनेछ।