
बस्ती बस्तीमा युवाहरु निरास छन कठैबरा मेरो देश अासै अासमा बाँचेकोछ कठैबार मेरो देश
घाउमा मलम लगाउँदा खाटा बसे जस्तो मलम सकिए बल्झिएर दुख्छ कठैबरा मेरो देश
लाखाैँ युवा अर्काको देशमा रगत र पसिना बेचिराछन अाफ्नो देशमा अर्कैको राज चल्छ कठैबरा मेरो देश
बिजुली र खाने पानी किन्नु पर्छ बिडम्बन जलस्रोतको दोस्रो धनी कठैबरा मेरो देश