लन्डन / समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनमा बकिंघमशायरको कुम्ब हिलमा आषाढ १६ शनिबार काव्य यात्रा सम्पन्न भएको छ । प्राकृतिक रुपमा सुन्दर र ऐतिहासिक महत्व बोकेको कुम्ब हिल नेपाली कविताका स्वरले गुन्जिएको थियो । उक्त काव्य यात्रामा डा. सुनिल महर्जन, अजिता सिम्खडा, अभियान घिमिरे, मंजु न्यौपाने, संजु बजगाईं, विभाष सापकोटा, मिना महर्जन, राजेश्वरी घिमिरे, सुयश बजगाईं, मुकेश श्रेष्ठ, विजय सापकोटा, कृष्ण बजगाईं लगायतका कविहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कृष्ण बजगाईंले प्रतिष्ठानका विगतका क्रियाकलापको बारेमा जानकारी दिए । बेलायतका विभिन्न सहरमा आयोजना गरिने काव्य यात्राको उद्येश्यका बारेमा प्रकाश पार्दै डायोस्पोराबाट नेपाली साहित्यको प्रवद्र्धनमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।उनले काव्य यात्राका क्रममा वाचन गरिएका कवितालाई सङ्ग्रहको रुपमा तुरुन्त प्रकाशन गर्ने योजना रहेको बताए । कवि अजिता सिम्खडालेबेलायतमा सुरु गरिएको यो काव्य यात्राबाट आफू उत्साहित भएको बताउँदै यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने बताईन । काव्य यात्राको प्रथम सृंखलाका संयोजक तथा साहित्यकार विजय सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।
समकालीन साहित्य प्रतिष्ठानले विगत बाह« वर्षदेखि नेपाली साहित्यको वेबसाइट समकालीन साहित्य डट कम संचालन गर्दै आएको छ भने नियमितरुपमा नेपाली भाषाको अनुसन्धानमूलक जर्नल ‘प्रवासन’ र विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आएको छ ।
बेलायतमा ‘काव्य यात्रा’ सम्पन्न
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































