मधुमल्ला (ब्लाष्ट) । भुनियाँ उपनामले कुनै समय परिचित रहेकी उर्लाबारी–७ की हरिशा बानियाँ नमूना बाल गृहमा आश्रित बालबालिकाहरुसँग रमाएकी छिन् । उर्लाबारी–७ मा अवस्थित उक्त गृहका बालबालिकाहरु रम्दै कलाकार बानियाँले खानासमेत खुवाइन् । हरिशाले बालबालिकाहरुलाई खाना खुवाउँदै भनिन्–‘उर्लाबारीकै गहनाको रुपमा रहेको यो गृहको विकासका निम्ति निरन्तर साथ र सहयोग गर्छु ।’ बालबालिकाहरुसँग रम्दै खाना खुवाउन पाउँदै अत्यन्तै खुशी महशुष भएको उनले बताइन् । बाल गृहमा आश्रित बालबालिकाहरु हरिशालाई देखेर मख्ख थिए । गृहकी अध्यक्ष मीनादेबी बरालले हरिशालाई गृहका बारेमा बेलिविस्तार लगाइन् । ‘कलाकार राष्ट्रकै गहना हुन्’ अध्यक्ष बरालले भनिन्–‘हरिशा बहिनीले पहिलेदेखि नै सहयोग गर्दै आउनु भएको छ । उहाँप्रति हामी निकै आभारी छौं ।’ उक्त ५० जना बालबालिकाहरु  आश्रममा आश्रित छन् ।