भद्रपुर । वैदेशिक रोजगारीको लागि विभिन्न देश जान लागेका मध्ये चालु आर्थिक बर्षको ८ महिनाको अविधमा परियोजनाले २ सय ३४ जनाको उजुरी परेको मध्ये ९४ वटा मुद्दा सफल भएको जनाएको छ । जसमध्ये ६६ लाख २३ हजार रकम फिर्ता गराइएको सामीले जनाएको छ । बैदेशिक रोजगार सम्बन्धि काम गर्दै आएको सुरक्षीत आप्रवासन परियोजना(सामी) झापाले मंगलबार पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जनाएको हो । सामीले ६ हजार ५ सय ३७ जनालाई बैदेशिक रोजगारी सम्बन्धित परामर्श समेत दिएको जनाएको छ ।
झापा संयोजक हरि प्रसाद मैनालीले प्रगती बिवरण पेश गर्दै झापाली युवायुवती बैदेशिक रोजागरीका नाममा अझै ठगिरहेको बताए । परामर्श र सूचनाको पहुँचका आधारमा ६७ जनाले बैदेशिक रोजगारीको नाममा झोले एजेण्टबाट ठगिर्दै न्यायका लागि जिल्ला प्रशासन कार्यालय झापा परिसरमा रहेको परियोजनाको कार्यालयमा उजुरी दिएको उनले बताए । ६७ मध्ये ३१ वटा उजुरीमाथि ठगिएका युवायुवतीलाई उचित न्याय दिलाउन सफल भएको उनको भनाइ छ । १९ वटा केशबाट १९ लाख १६ हजार रकम फिर्ता गराउनुका साथै १२ वटा राहदानी फिर्ता गराएको जानकारी दिए । ३६ वटा उजुरी मन्त्रालयतर्फ रेर्फर गरिएको उनले बताए । वैदेशिक रोजगारीमा परी फसेका ४ जनाको उद्दार र मेडिकल फेल भएका एक जनालाई सुरक्षित ल्याइएको उनले बताए ।