विराटनगर । मोरङमा अधिकाशं क्रसर उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । घरेलु तथा सना उद्योग कार्यालय मोरङमा २३ वटा क्रसर उद्योगहरु दर्ता भएको छ । तर, सञ्चालनमा आएको १२ वटा मात्र क्रसर उद्योगहरु रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । सञ्चालनमा आएको मध्धे अधिकाश क्रसर उद्योगहरुले मापदण्ड पुरा नगरेको पाइएको हो ।
बेचालु भनेर बन्द गरिएको क्रसर उद्योगपनि संचालनमा रहेको अनुगमन टोलीले फेला पारेको छ । मोरङको केराबारी गाउँपालिकाका मनोज कुमार खड्काको नाममा दर्ता रहेको महादेव मिनरल इन्डसटिज बेचालु भनेर बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालयमा तथ्याङकमा देखिन्छ । तर, ‘अनुगमन समितिले क्रसर उद्योगहरु अनुगमन गर्दा उक्त उद्योग केराबारीमा सञ्चालनमा रहेको पाइयो,’ घरेलु तथा साना उद्योग कार्यालय मोरङका उद्योग अधिकृत शुसिला श्रेष्ठले भनिन ।’
जिल्ला प्रशासन कार्यालयले गठन गरेको कार्यदलले सबै क्रसर उद्योग दर्ता भएको तर जुन ठाँउमा जसरी सञ्चालन गर्ने भनि अनुमति दिएको हो सो अनुसार नपाइएको प्रतिवेदनमा उल्लेख छ । ‘क्रसर उद्योगहरु दर्ता भएको त पाइयो तर मापदण्ड पूरा नगरेकै बढी भेटिएको छ’ प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने ‘प्राविधिकसहितको समितिले हालै प्रतिबेदन बुझाएको छ, त्यसमा सबै मापदण्ड पूरा भएका कम क्रसर उद्योग मात्र फेला परेका छन् । प्राविधिक सहितको अनुगमन समितले केराबारीमा रहेको शिवम एग्रीभेट इण्डिटिज, श्रीकृष्ण क्रसर उद्योग र महादेव मिनरल इन्डिटिजसमा अनगुमगन गरेको थियो । ती उद्योगहरुले समते पुर्ण रुपमा मापदण्ड पूरा नगरेका पाइएको थियो । प्रमुख जिल्ला अधिकारी आचार्यले क्रसर उद्योगलाई मापदण्ड भित्र ल्याएर मात्र सञ्चालन गर्न भनेको बताए ।
जिल्लाका विभिन्न खोला किनारमा सञ्चालनमा रहेका क्रसर उद्योगले प्रकृतिक स्रोत साधानको उत्खनन् गरिरहेको विषयमा दुई साताअघि जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति गठन गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत श्रेष्ठको संयोजकत्वमा विषयगत कार्यालयहरुका प्रतिनिधिहरु अनुगमन तथा अध्ययान अनुसन्धानका लागि समिति गठन गरिएको थियो । प्राविधिकसहतिको समितिले मापदण्ड बाहिर चलेका क्रसर उद्योग, मापदण्ड विपरीत ढुंगा गिटी उत्खनन्न् लगायतका विषयमा स्थलगत अध्ययन, अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने अख्तियारी पाएको थियो ।
यसैबीच जिल्लाका विभिन्न खोलामा अवैध रुपमा भइरहेको ढुंगा गिटीको उत्खनन् तथा तस्करी रोक्न जिल्ला प्रशासन कार्यालयले विषेश टोली परिचालन गरेको जनाएका छ । मंगलबारदेखि एक साताका लागि उच्च स्तरको अनुगमन टोली फिल्डमा खटिएको प्रजिअ आचार्यले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा खोलाबाट हुने अवैध रुपमा हुने ढुंगा गिटीको उत्खनन् र आपूर्ति रोक्न विषेश समिति निर्माण गरी परिचालन गरिएको हो । स्थानीय प्रहरीले मात्र अनुगमन र नियन्त्रण गर्ने कार्य सम्भव नभएपछि जिल्ला प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षा फोर्स फिल्डमा रहने छ । फिल्डमा खटिने ५० जनाको नेपाल प्रहरीको टोलीलाई थप मद्धतका लागि सशस्त्र प्रहरीले सर्पोट गर्नेछ । खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न वातावरणीय परीक्षण भएको स्थानको पहिचान गर्ने, मापदण्ड अनुसार रहेनरहेको निगरानी गर्ने र मापदण्ड विपरित हुने उत्खनन् पूर्णरुपमा रोक्न टोलीले बिशेष जिम्मेवारी पाएको बताइएको छ ।