पानवारी । धरानको मुनाल चोकबाट ७ सय १२ ग्राम सुन सहित बाबुछोरा पक्राउ परेका छन् ।
पथरी–१, मोरङ घर भई पथरी बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका बाबु नरेशकुमार विश्वकर्मा र छोरा सुशान्त विश्वकर्मा मंगलबार धरान–१० स्थित मुनाल चोकबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार उनीहरुले पथरीबाट धरान ल्याएर अवैध सुन विक्रि गर्न लागेका हुन् । गस्तिमा रहेको प्रहरीले शंका लागेपछि छानविन गर्दा बिल बिनाको सुन भएको पाएपछि उनीहरुलाई सुन सहित नियन्त्रणमा लिएको डिएसपी पौडेलले बताए ।
पक्राउ परेकाहरु मोरङको पथरी बजारमा सुनचाँदी व्याबसाय गर्दै आएको बताइएको छ । उनीहरुको साथबाट अढाइ सय ग्रामका दुई ढिक्का बाँकी २ सय १२ ग्राम सुनको गहना पक्राउ गरिएको हो । प्रहरीले सोधीखोजी गर्दा उनीहरुको साथबाट ७ सय १२ ग्रामको कुनै वील वा कागजपत्र फेला नपरेकाले गैरकानूनी धन्दा ठहर गरेर मंगलबार नै विराटनगर स्थित राजश्व अनुसन्धान कार्यालयमा सुनसहित दुवैलाई बुझाएको डिएसपी पौडेलले बताए ।