पथरी /गर्मीयाममा पनि चिसो चिसो मौसमको मज्जा लिन नै बेग्लै हुन्छ,एकैछिनमा कुहिराले डाँडाकाडाँ ढाक्ने,एकै छिनमा कुहिरो हट्ने र एकै छिनमा सिमसिम पानी पर्ने,एकै छिनमा पानी रहने त्यस ठाउँकै विशेषता रहेकोले पर्यटकको घुइचो लाग्ने गरेका छन् । मोरङको पहाडी क्षेत्रमा रहेको एकमात्र गर्मी छल्ने पर्यटकीय स्थल ‘जेफाले डाँडा’ ।

यो जेफाले डाँडा १० बर्ष अघि देखि नाम चर्चामा रहेको छ । जती चर्चामा रहेको छ त्यती विकास हुन सकेको छैनन् । पर्यटकीय क्षेत्रको नाम चर्चामा रहे पनि विकटको कारण आन्तरीक र बाहिरको पर्यटक कम नै जाने गरेका छन् । सामुद्धिक सतह देखि १९८० मिटरको उच्चाईमा रहेको छ, जेफाले डाँडाको भ्यूटावर । त्यहाँ पुग्न पूर्वपश्चिम राजमार्गको सुन्दरहरैचा खोर्सार्ने चौक देखि उत्तर ३४ किलोमिटर टाढाँ रहेको छ । र्खोसानेबाट मोटरसाईकल र भेनमार्फत १ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ ।

जस्मध्ये २० किलोमिटर बाटो पिच बन्ने क्रममा छ । बाँकी १४ किलोमिटर एसिएन विकास बैंकले सहयोग गरिसकेको ठेक्का लाग्ने क्रममा भएको विराट क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति अध्यक्ष डिल्लीराम शर्मा अधिकारीले बताए । यो संगै सडक कालो पत्रे बने पछि तराई भेगका गर्मी छल्न र घुम्नको लागी जान सहज हुने भएको छ । अर्को बाटो धरान,भेनेटार, राजरानी हुदै जेफाले डाँडा पुग्न ४३ किलोमिटर लाग्ने छ ।

पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको केराबारी गाउँपालिका –२, बिहिबारेमा रहेको जेफाले पनि एउटा छुट्टै बिशेषता भएको ठाउँ हो । मोरङ र धनकुटा जिल्लाको सिमानामा ४ तले भ्यू टावर रहेको छ । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगे पछि प्रवेश गेट आउँछ । भ्यू टावर चढ्नकै लागी पर्यटकहरु जेफाले पुग्ने गरेका छन् ।

प्रवेश गेट देखि लगभग ३०–४० मिनेट सम्म भर्याङ मार्फत भ्यू टावरमा पुग्न सकिने छ । दिउँसो २, ३ बजे पुग्ने बेलुका रमाइलो गर्ने भोलि पल्ट बिहान भ्यू टावर चढ्ने प्रचलन छ । पर्यटक प्राय बिहान सवेरै भ्यू टावर पुग्छन् । एक हजार पचास खुड्किला भर्याङ् चढे पछि भ्यू टावर पुगिन्छ । त्यहाँ पुगेर पहिले सुर्योदयको रमाइलो दृश्य हेर्ने गरेका छन् । त्यतिमात्र होइन त्यहाँबाट पूर्वका १६ जिल्ला देखिनुका साथै हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ । त्यसैगरी साँझमा सूर्यास्तको रमाइलो दृश्य हेर्न सकिन्छ ।

जेफाले डाँडामा हाल आन्तरीक साथै भारतको विहारसम्मका पर्यटकहरुको आगामन हुन भैरहेको छ । वाह्रैमास सरर हावा चलिरहने भएकाले जेफालेलाई हावेचौर पनि भन्ने चलन छ ।भ्युटावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर छ, जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने गरेको छ । जेफाले क्षेत्रलाई पर्यटकयि गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान वस्नको सुविधा प्रदान गर्ने उद्धेश्यले सिंहदेवीस्थित विहिवारेमा होमस्टे सञ्चालनमा ल्याइएको छ ।

सिंहदेवीको बिहिबारे बजारमा जम्मा २१ घरको मिश्रीत बसोबास रहेकाले जेफाले सामुदायिक होमस्टे सेवा प्रदान गरिँदै आएको हो । जस्मा बजारमा ७ घरले होमस्टे संचालन गरी पर्यटकहरुलाई खुसि पारेका छन् । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्ज प्रदान गर्ने गरिएको छ ।

त्यहाँको अर्को विशेषता भनेको दुई दिन अघिको कन्टयाकमा मगर समुदायको हुर्रा र राईहरुको चण्डी नाच पनि होमस्टेमा देखाउने गरेको समितिका अध्यक्ष अधिकारीले बताए । सामुदायिक रुपमा होमस्टे संञ्चालन रहेका घरहरुमा सिजनमा पाहुना भरी भराउ हुने गरेका छन् । विषेशगरी माघदेखि भदै सम्म घुम्न आउने पर्यटनको घुइँचो लाग्ने गरेको छ ।पर्यटन कार्यालय काकाडीभित्तामा दर्ता गराई होमस्टे संचालनमा ल्याएका हुन ।

अस्थाई प्रहरी चौकी आउने क्रममा छ । कारोबारको लागी सामाजीक अगुवा डिल्लीराम शर्मा अधिकारीको अगुवाईमा दुई वटा सुन्धरा र महाभारत बचत तथा सहकारी संस्था स्थापना गरेका छन् । बिहिबारे बजारको दक्षिण पटि ११ साइजको ठुलो खेलमैदानको निमार्ण कार्य धमाधाम भैरहेको छ । एउटा पञ्चायत आधारभूत बिद्यालय संचालनमा छ ।

विभिन्न सेमिनार,गोष्टी र कार्यक्रम गर्नको लागी २ सय ५० जना अटन सक्ने जेफाले पर्यटन सामुदायीक भवनको पनि सुबिधा रहेको छ । सुनसरी, मोरङ र धनकुटाको चौबीसे क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र समेत जेफालेमा स्थापना गरिएको छ ।सञ्चर, शिक्षा, सडक लगायतका विकासको पूर्वधारवाट पछि परेको जेफाले क्षेत्रमा होमस्टे सेवा सुरु भएपछि स्थानीयको गतिलो आम्दानीको स्रोत वन्न पुगेको छ ।

जेफालेमा घुम्न आन्तरिक एवं वाह्य पर्यटकको चहलपहल वढ्न थालेपनि यस क्षेत्रको मानिसको आयआर्जनको गतिलो माध्यम अहिले पर्यटक नै हुने गरेको छ ।त्यतिमात्र होइन पर्यटकको मनै लोभ्याउने गरी १५० रोपनीमा चिया बगान छ ।

स्थानीय नारायण प्रसाद राईको व्यक्तिगत चियाबगान हो । त्यहाँ रमाउन र मनभुलाउन प्रयाप्त चियाको बगान छ । बर्षको नयाँसालमा ५ दिने मेला लाग्ने गरेको छ । जुन मेलामा अन्तर जिल्ला स्तरीय लोकदोहोरी र भलिबल प्रतियोगिता पनि हुने गरेको छ । दिनमा २,४ जना घडेरी सोध्न आउने गरेका छन् । भखरै बजारमै ६ धुर ५ लाखमा बिक्रि भएको विहिबारे बजार व्यावस्थापन समितिले जनाएको छ ।

विहिबारे बजारको जमिन सवै प्रति (एलनी) जमिन हो । त्यस ठाउँमा जमिन किन्नु पर्या भने बिहिबारे बजार व्यवस्थापन समितिको सिफासिर चाहिन्छ । उतिखेर यस क्षेत्रको पर्यटन बिकासको लागी ३ सय वटा भन्दा माथी घरेडी वितरण गरेर बस्ती बसाएको थियो ।