ताप्लेजुङ । ताप्लेजुङ भित्र रहेर विभिन्न अपराधीक कृयाकलापमा संलग्न हुनेहरुको सुष्म ढंगले पहिचान गरि व्ल्याक लिष्ट तयार गरिने भएको छ । समाजलाई अपराधमुक्त बनाउने उद्धेश्य सहित गृह मन्त्रालयले लागु गरेको ८२ वुँदे कार्ययोजनामा रहेर जिल्ला सुरक्षा समितिले व्ल्याक लिष्ट तयार गर्न लागेको हो ।
सुरक्षा समितिले अपराधीक गतिविधि नियन्त्रणका लागि १९ वुँदे योजना तयार गर्दै यहि जेठ मसान्त भित्रै व्ल्याक लिष्ट तयार गर्ने गरि आवस्यक काम भईरहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले जानकारी दिनुभयो ।
उक्त १९ वुँदे योजनामा गैर कानुनी ढंगले हतियार राख्नेलाई पहिचान गरि कारबाही गरिने र कानुनी रुपमा रहेका हतियारको विवरण संकलन गर्ने लगायतका विषय समेटिएका छन् ।
यस्तै लागु औषधको प्रयोग, छुवाछुतजन्य गतिविधि, लैंगिक हिंसा, बाल विवाह, जवरजस्ती करणी लगायतका घटना यियन्त्रणका लागि महिनामा १ पटक विद्यालय वा समुदायमा पुगेर सचेतनामुलक कार्यक्रम गर्ने समेत उक्त सुरक्षा योजनामा जनाईएको छ ।
उक्त योजना गएको जेठ १३ गतेबाट नै लागु भईसकेको बताईएको छ । यता असार मसान्त भित्रै सदरमुकाम फुङलिङ भित्र विग्रिएर रहेका सिसि क्यामेरालाई मर्मत गरि सञ्चालन गर्ने समेत बताईएको छ ।
































