पाँचथर/पाँचथरको कुम्मायक गाउँपालिका वडा न. ४ र ५ नम्बर वडाहरुमा बहुक्षेत्रिय पोषण सम्बन्धीको कार्यक्रम सञ्चालन भएको छ ।
[caption id="attachment_83058" align="aligncenter" width="2592"]
फायलफाेटाे[/caption]
हजार दिनका आमाहरुलाई आईरन, फोलिक एसिड, साथै पोषण तत्वको बारेमा हरेक बार खाना चार भन्ने विषयमा अभिमूखिकरण गोष्ठी, त्यस्तै पूर्ण खोप दिगोपनाको लागि वडा स्तरीय अन्तरक्रिया समेत सन्चालन भईरहेको कुम्मायक गाउँपालिकाका स्वास्थ्य सम्योजक लक्ष्मण ढकालले बताए । स्वास्थ्य र पोषणको पहूँचमा नपुगेका बच्चाहरुको पहिचान गर्न स्वास्थ्थ स्वायमसेवीकाहरुलाई तथ्याङ संङकलनमा खटाईको ढकालले बताए । बहुक्षेत्रिय पोषण कार्यक्रम लागु भएका वडाहरुमा दुई सय सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरी काम भई रहेको उनले बताए ।
कुम्मायक गाउँपालिकाको पाँच वटा वडाहरु मध्ये दुई वटा वडालाई छनोट गरी पोषणको कार्यक्रम सन्चानलन गरिएको छ । वार्षिक कार्यक्रम अन्तरगत पोषण कार्यक्रममाका लागि मात्रै कुल २२ लाख रुपैयाँ बिन्याजन गरिएको छ । निन्योजित रकम मध्ये हाल सम्म १७ लाख ५० हजार बाराबरको काम भईरहेको ढकालको भनाई छ । बहुक्षेत्रिय पोषण कार्यक्रम मार्फत दुबै वडामा रहेका हजार दिनका आमा र बच्चाहरुलाई निशुल्क चल्ला बितरण, जुठेल्नो सुधार, आयोडिन बितरणका साथै सामुदायिक विद्यालयका पानी सुद्धिकरण गर्ने फिल्टर समेत बितरण भईरहेको उनको भनाई छ । कुम्मायक गाउपालिकाले यो आर्थिक वर्षमा दुई वटा वडामा मात्रै पोषणको कार्यक्रम सञ्चालन गर्ने र अर्को आर्थीक वर्षबाट अन्य वडाहरुमा लागु गर्ने गरी काम भईरहेको समेत जनाएको छ ।
































