भद्रपुर/लागुऔषधसहित दुइजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ का २३ बर्षीय अमित कार्की र बुद्धशान्ति गाउँपालिका २ का २१ बर्षीय योशन वर्देवा रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मोटरसाइकलमा लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुको साथबाट १९८ पिस नाइट्रोजन ट्याब्लेट र चार बोतल कोरेक्स बरामद गरेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जवेगूले जानकारी दिए ।

भारतको गलगलिया बजारबाट भद्रपुरतर्फ आउँदै गरेको अवस्थामा मे ९ प ४२४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागि सीमा क्षेत्रमा शुक्रबार साँझ गरेको चेकजाँचको क्रममा लागुऔषध फेला परेको इन्सपेक्टर जवेगूले बताए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको उनले बताए ।