साँकेतिक तस्विर[/caption]
इटहरी/ सुनसरीको इटहरी स्थीत नेपाली सेनाको पूर्वी पृतना हेटक्वाटर अगाडी बिस्पोटक पदार्थ बिस्पोट भएको छ । नेपाली सेनाको अगाडीबाट नेपाल टेलिकमको कार्यलय जाने बाटोमा ठुलो आवाज सहित बिस्पोटक पदार्थ बिस्पोट भएको प्रहरी बताएको छ ।
निकै ठुलो आवाज सहित बिस्पोटक पदार्थ पड्कीएको स्थानीयबासीहरुले जनाएका छन् । स्थानीयबासीहरु बस पड्कीएको भन्दै त्रसित भएका थिए । अहिले बिस्पोटक भएको ठाउँमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका निमित्त प्रहरी प्रमुख नारायाण चिमरियाले बताए । नेत्रविक्रम चन्द नेतृत्वको विप्लप माओवादीको गरेको बन्दमा उनीहरुले नै बम हानेको हुन सक्ने प्रहरीकाे अनुमान छ ।