शनिश्चरे ,मोरङ । झापाको दमकमा जारी ‘प्रथम दमक गोल्डकप’ फुटबल प्रतियोगिताको शुक्रवारको खेलमा हरि कार्कीको ह्या«िटकसँगै सशस्त्र प्रहरी बलले विजय हाँसिल गरी आफुलाई सेमिफाइनमा उतारेको छ ।

मदन भण्डारी स्पोट्स् एकाडेमीसँगको प्रतिष्पर्धामा सशस्त्रले ३–१ गोल अन्तरले आफुलाई विजयी वनाएको हो । प्रतियोगितामा सशस्त्रकातर्फबाट पहिलो हाफको १० औं मिनटमा हरि कार्कीले गोल गरेर आफ्नो टिमका लागि खाता खोलेका थिए । त्यसपछि हौसिएका सशस्त्रका खेलाडीमाझ त्यसको ८ मिनटपछि अर्थात पहिलो हाफकै १८ औं मिनटमा एकाडेमीका म्याथवेनले गोल फर्काएर खेलको अवस्था वरावरीमा ल्याए ।

गोल गर्ने दाउमा तल्लिन हरिका लागि २६ औं मिनट फेरि फापसिद्ध भयो । अर्थात उनले गोल थपेर टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा बढेको थप प्रतिष्पर्धात्मक अवस्थामाझ उनै हरिले इन्जुरी समयको ९२ औं मिनटमा अर्काे गोल थपेर आफुलाई ह्या«िटकको थप आकर्षण थप्न सफल भए । हरि नै खेलको म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिवारको खेल त्रिभुवन आर्मी र आयोजक दमक ११ बीच हुनेछ ।

विजेताका लागि १३ लाख ५१ हजार पुरस्कार रकम प्रदान हुने छ । सो पुरस्कार एनसेलले उपविजेता टिमका लागि ६ लाखको पुरस्कार सूर्यदर्शन सहकारी संस्थाले प्रायोजन गरेको छ ।