भद्रपुर । कृषिमा यान्त्रिकिकरण गरेर लागत मूल्य घटाउनको लागि किसानलाई प्रविधिको बारेमा जानकारीमुलक कार्यक्रम सम्पन्न गरिएको छ । झापाको दक्षिणी क्षेत्र कचनकवल गाउपालिका स्थित वनियानी बजारमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन कार्यान्वयन इकाइले आयोजना गरेको धान खेति नवीनतम प्रविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा किसानहरुलाइ जानकारी गराइएको हो । परियोजना इकाइका प्रमुख बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले परियोजनाको लक्ष्य,हालको अवस्था र भावी रणनीतिहरुको बारेमा कार्यपत्र प्रस्तुत् गरेका थिए । अहिलेको समयमा आएर मेसिनको प्रयोग गरि लागत मूल्य घटाइ उत्पादन बढाउनुको विकल्प नरहेको बताए । किसानलाई मध्यनज गरि नेपाल सरकारले दिएको परियोजनालाई प्रभावकारी रुपमा लैजान सवैलाई आग्रह गरेका थिए । सुपर योजनालाई सुपर काम गर्ने गरि सवै एकजुट भएर अघि बढ्न अनुरोध गरेका थिए । कार्यक्रममा धान खेतिको यान्त्रिकरणमा भएका मुख्य–मुख्य कार्यहरु,उपलब्धि , सम्भावनार चुनौतीका विषयमा कृषि इन्जिनियर द्धारिका चौधरीले प्रष्ट पारेका थिए । कार्यक्रममा डाक्टर मिना देवकोटा,डाक्टर कैलाश प्रसाद भुरेरले समेत प्रविधि, धान खेति लगायतको बारेमा प्रकाश पारेका थिए । कृषि औजार अनुसन्धान केन्द्र काठमाण्डौको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रदेश सांसद बसन्त बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कृषि प्राविधिक शागर विष्टले गरेका थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि,उद्योगी , किसान, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।