काठमाडौं/ नेप्सेमा लगातार ५ दिनको गिरावटपछि फेरि हरियाली छाएको छ ।
[caption id="attachment_66835" align="aligncenter" width="865"]
छोटो समयमै बेस्सरी बढेको बजार गत ५ दिनको कारोबारमा निरन्तर घटेको थियो । बुधबार भने बन्द हुने बेलामा बजार एकाएक माथि आएको छ । विगत केही समयदेखि बजार निकै अस्थिर देखिएको छ । बजारले निस्चित गति समाउन नसक्दा केही समय बेस्सरी बढ्ने र फेरि त्यसरी नै तल आउनेक्रम देखिएको छ । बिना कारण बजारमा तिब्र उतार-चढाव हुँदा लगानीकर्ता भने झनै अन्योलमा परेका छन् ।
यसैगरी, माइक्रोफाइनान्स ४६.३६ र हाइड्रोपावर २६.८३ अंकले बढेका छन् । उत्पादनमूलक समूहमा भने २०.११ अंकको गिरावट आएको छ । कारोबार रकमका आधारमा स्वदेशी लघुवित्त अघि आएको छ । यसको २ करोड ७५ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यसैगरी, नेसनल लाइफ इन्सुरेन्स दोस्रो र नेपाल बैंक तेस्रो स्थानमा छन् ।
नेप्से सूचक बुधबार ११.३७ अंकले बढेर १३६०.३८ विन्दुमा पुगेको छ । समग्रमा बजार ०.८४५ ले हरियो भएको हो । कुल १५८ कम्पनीको ३८ करोड ६ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै बिमा समूहमा १०७.०१ अंकको वृद्धि भएको छ ।यो कारोबार रकम भने विगत केही दिनको भन्दा अलि थोरै हो । कुल ७ लाख ८५ हजार ५५४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार भएका ९ सूचकमध्ये फाइनान्स र उत्पादनमूलक बाहेक बाँकी सबैमा हरियाली आएको छ ।