उदयपुर/ उदयपुर कटारी नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
कटारी–३ ताराघारी च्याङगा बस्ने ५० वर्षीय साइला भन्ने भालु विकलाई प्रहरीले बालिका बलात्कार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेका हुन् ।
उनले स्थानीय ७ वर्षीया बालिकालाई बुधबार विहान विधालयबाट फर्कदै गर्दा ललाई फकाई बलात्कार गरेको आरोप लागेको छ।
विकलाई इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान कार्य भई रहेको छ। पीडितलाई स्वास्थ्य परिक्षणका लागि कटारी अस्पताल पठाइएको छ।