काठमाडौँ/ प्रहरी उपरीक्षक विकास खनाललाई हिरासतमा लिइएको छ । त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करीमा मुछिएका खनाललाई प्रहरीले एक नम्बर गणमा आन्तरिक हिरासतमा राखेको हो ।
[caption id="attachment_80846" align="aligncenter" width="851"]
गत वर्ष त्रिभुवन विमानस्थलबाट बरामद भएको ३३ किलो सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्या भएपछि खनाल पनि डीआईजी गोविन्द निरौला र एसएसपी श्याम खत्रीसँगै मुछिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख रहेका खनाललाई काठमाडौँ झिकाएर प्रहरी प्रधान कार्यालयले आन्तरिक हिरासतमा राखेको हो । यो प्रकरणमा मुछिएका डिएसपी सञ्जय राउत भने सम्पर्कविहीन छन् । उनलाई पनि प्रहरीले खोजी गरिरहेको छ ।
तत्काली डीआईजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रमुख हुँदा सुन तस्करीबाट सफाइ दिइएका खनाललाई गृहमन्त्रालयले गठन गरेको उच्चस्तरी छानबिन समितिले अनुसन्धानमा तानेको हो ।
त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा खनाललाई मानव तस्करीमा सघाएको आरोपमा प्रहरीले हेड क्वार्टरमा तानेको थियो । तर, उनको संलग्नता सुन तस्करीमा पनि देखिएपछि गृहको छानबिन समितिले आन्तरिक हिरासतमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
अन्नपुर्णपाेष्ट