काठमाडौं/ नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।
निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई\दुई रुपैयाँ मूल्य वृद्धि गरेको जनाएको छ।
समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर ८७ कायम भएको छ। स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव २१ करोड हुने देखिएको छ।