बलिउड अभिनेत्री दिशा पटानी लडाकू राजकुमारी संगामित्राको भूमिकामा देखिने भएकी छन्। सुरुमा अभिनेत्री श्रुती हसनलाई यो भूमिका दिइने भनिएको थियो तर उनले पछि यसबाट हात झिकेकी थिइन्।

एजेन्सीका एसएस राजामौलीको ‘बाहुबली’ जस्तै फिल्मको पनि दुईवटाको सिक्वेल हुनुका साथै छुट्टाछुट्टै रिलिज हुनेछ। हाइदरावादमा सुटिङ हुने भनिएको फिल्म अर्को वर्ष रिलिज हुनेछ।

फिल्मका लागि दिशाले तरबार कला सिक्ने भएकी छिन्। फिल्ममा मूख्य कलाकारको रुपमा तामिल अभिनेता जयम रवि र आर्या रहेका छन्। फिल्मलाई तामिल, तेलुगु र हिन्दी गरी तीनवटामै रिलिज हुने भएको छ। फिल्मको अनुमानित बजेट ४०० करोड रहेको छ।