चक्रघट्टि र्चिर्चत युवा कवि सन्तोष थेबेको आगामी चैत्र १८ गते हङकङमा एकल कविता बाचन हुने भएको छ । धरानमा कर्मथलो बनाउँदै आएका रङगकर्मी तथा युवा कवि सन्तोष थेबेको उक्त कार्यक्रम हङकङ धरान मञ्च हङकङले गरिदिन लागेको हो । फालेलुङ र कावेली बजार कविता सङ्ग्रह को प्रकाशन पश्चात चर्चामा आएका कवि थेवेको साग बेच्ने केटी, ऐना अगाडी आज , सम्झनाको पुरानो रुमाल, सरु, मतलबी सपना जस्ता कविताहरु चर्चित छन् । २०७३ सालमा प्रकाशित भएको ‘फालेलुङ र काबेली बजार’ भर्खरै मात्र दोस्रो संस्करण समेत बजारमा आएको छ । यति खेर सो कृतिको नेपालमा समेत चर्चा परिचर्चाको कार्यक्रम भै रहेको छ । “नेपालमा चर्चा कमाईरहेका यस्ता कविहरुलाई हामी माझ उपस्थित गराउन पाउनु हाम्रो लागि अहो भाग्य हो ” आयोजक मञ्चका एक सदस्य विष्णु पाख्रिनले बताए, साथै उक्त कार्यक्रमको निम्ति टिकट विक्री पनि तिब्र गतिले अघि बढेको पनि पाख्रिनले जानकारी दिए । त्यस्तै “मेरो कविता लेखन र ‘फालेलुङ र काबेली बजार’ कविता संग्रहले मलाई समुद्र वारीपारी गराउने पुलको माध्यम गरिदिएको छ । र यो मेरो लागि दुर्लभ खुशीहरु मध्ये एक हो ।” निक्कै भावुक हुँदै आºनो खुशी ब्यक्त गरे । सो कार्यक्रममा कवि सन्तोष थेबेले डेड दर्जन हाराहारीमा कविता वाचन गर्ने छन् भने कार्यक्रमका निम्ति उनी चैत्र १६ गते हङकङ प्रस्थान गर्नेछन् ।