आस्था राख्नु हुने सबै जनहरु बेक्कारको प्यार भो खस्क्यो दूर्दिन भो समाज अहिले नेपालनै झुक्न गो कानुन् खै छलकप्टिले नियतले निर्घात मार्दा पनि उस्कै पक्ष भयो र राजनितिले पाल्दैछ मर्लास् भनि   रामे होस् कि रमेश होस् मुलुकमा कानून यौटा गर पानी छोड अरू सबै चिजहरु छिमेकमा निर्भर यस्तो लाग्छ मलाइचै अझ पनि भत्खन्ड उस्कै छ कि सन्धी खारिजहोस् उनाइस पचास् पक्कै नि सुध्रन्छ कि   सुन्नेले यति दु:ख पोख्छ अनि ती खेप्ने सबैले त्यहाँ को बुझ्ला यिनको दया र ममता सुन्ने छ कस्ले कहाँ नौ नौ रक्षक थे अबोध बिचरो स्यानो थियो बालक पायौ के यिनको सबै सुख हरी लौ भन्नुहोस् नायक   आँखैका नजिकै भयो पुलिसको हत्या नराम्रो गरी तेत्रा थे मिडिया न लेख्छ खबरै ढाट्यो कि जाल्मा परि न्यायिक् छान्विन रे मरे पछि सबै को गर्छ छान्विन खै पैसाले पुरि दिन्छ त्यो समितिनै आखै फुटाल्छन् अझै   अड्डामा अझ फैसला पनि भयो मुध्धा चलाए अरे कस्ले कान पुर्यो गल्यो नियमको भेट्नै चुडाए अरे कर्ता होइन कर्म जो गरि दियो वारिस् नामा दियो किन्यो गाउँ सबै जित्यो तुजुकले थर्कार भोटै लियो   पैसाका बसमा परे सबजना बुझ्दैन कस्ले यहाँ ? पापिले भरियो गयो मुलुक यो बुझ्दैछ कस्ले यहाँ भातृ संगठनै चलाउछ सदन् नेता सबै पात्र हुन् दाता पर्तिर त्यो फकाइ रहने नेता कुपात्रै भनौं

-लिलानाथ घिमिरे, कतारबाट