झुटो माया रैछ तिम्रो, छुट्यो अनायसै
जोडिएका मन आज टुट्यो अनयासै ।

मलाई झुक्याई, पराइको सिउँदो भर्दा
जवानीको हाँसो लुट्यो अनायसै ।
मायाको बगैँचामा, फूल रोप्न निस्क्या थिएँ
दर्कने असिना पानीले, कुट्यो अनयासै ।
रमाउँदै पराईसित, तिमी अघि लागेपछि
त्यो दृश्यको बज्र लागि, फुट्यो मुटु अनयासै ।
विछोडको गहिरो शोकमा, निन्द्रामा डुबेँछु
आत्तिएर एकै छिनमा, जुट्यो मलामी अनयासै
अञ्जानमा, अचम्मको माया लाइने रैछ
खुसी हुँदा मीठा मीठा, गीत गाइने रैछ ।
कहिल्यै धोका दिन्न भन्नेसँग
एकान्तमा भेटी, कसम खाइने रैछ ।
आफन्ताले देख्लान भनी डर मान्दै
लुकी लुकी, ढाँटी छली सधैँ धाइने रैछ ।
प्रिय भनी मायाको, अकुत विश्वास गर्दा,
नराम्ररी धोका पाइने रैछ ।
पहिलो प्रेममा बादल लागेपछि
फेरि असल प्रेमी चाहिने रैछ ।