उदयपुर/ उदयपुरको ताप्ली गाउँपालिकामा शुक्रबार आगलागी भएको छ।
ताप्ली गाउँपालिका २ लेखगाउ बस्ने गौर बहादुर राईको घरमा शुक्रबार दिउँसो ४ बजेतिर सोलार प्यानल सर्ट हुँदा आगलागी भएको हो।
आगलागीबाट राईको तीन तले घर, दुई तोला सुनका गहना, दुई लाख नगद तथा भाडावर्तन र लत्ताकपडाहरु जलेका छन। आगोले उनको घर तथा सामानहरु जल्दा अन्दाजी बत्तीस लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।
आगलागी साँझ ६ बजे स्थानीयवासीहरुको प्रयासमा नियन्त्रणमा आएको छ।