सुनसरी । सुनसरीको धरानबाट शुक्रबार एक हजार पाँच सय पचपन्न पिस लागुऔषध स्पास्मोप्रोक्सिवन क्याप्सुलसहित एक जना पक्राउ परेका छन। लागुऔषध विक्रि वितरणमा संलग्न धरान उपमहानगरपालिका ८ बस्ने सुर्य लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएका टोलीले लागुऔषधसहित पक्राउ गरिएको हो।
लिम्बुले आफ्नै घरमा लागु विक्रि गर्ने गरेको भन्ने सुचना पाएपछि प्रहरीले उनको घर खानतलासी गर्दा ठुलो परिमाणमा लागुपदार्थ बरामद भएको थियो। लिम्बुलाई अनुसन्धानका इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।