फिल्मको गीतले यसको व्यापारमा ठूलो भूमिका राख्छ । गीतकै कारण धेरै फिल्म चलेका छन् । आउँदो बर्षको वैशाख २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘लम्फू’मा समावेश गीतले पनि चर्चा पाउन थालेका छन् । फिल्मको अडियोलाई नै युटुबमा राम्रो भ्यूज मिलेको छ । युटुबमा यो फिल्मको ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतको अडियो २ लाख भन्दा बढी पटक सुनिएको छ । अडियो गीतले यस्तो रेस्पोन्स कमै मात्र पाउने गरेका छन् । यो गीतमा अप्सरा घिमिरे र सुरेष लामाको स्वर, दिग्गज धौलारीको शब्द, अर्जुन पोखरेलको संगीत छ । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको यो फिल्मलाई शक्तिवल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्ममा कविर खड्का, मरिष्का पोखरेल, चाँदनी शर्मा, संचित भण्डारी, कुशाग्र भट्टराई, कुुशुम श्रेष्ठको मुख्य भूमिका छ ।