यतिबेला नेपाली सिनेक्षेत्रमा धमाका गरिरहेको चलचित्र ‘कृ’ की नायिका अदिती बुढाथोकीको चर्चा पनि हुन थालिसकेको छ । भारतीय म्युजिक भिडियो हुँदै सामाजिक सञ्जालमाफर्त आफनो छुट्टै फ्यानफलोईङ बनाएकी अदिती ‘कृ’ मा अनमोलकै कारणले ओझेल पर्छिन की भन्ने जुन आशंका थियो त्यो केही हदसम्म गलत साबित भएको छ ।

यर्थाथ हो अदितीको यो सुरुवाती क्षण भएकोले पनि अभिनय भन्दा उनको सुन्दरता देखेर मोहित हुनेहरु बढि छन् । राम्रो टिम त्यसमा पनि अनमोलजस्तो लोकप्रिय नायकसंग डेब्यु गर्न पाएकोमा अदिती आफुलाई लक्की महसुस गर्छिन् । तर उनै नायिकाले ‘कृ’ मा अभिनय गरेबापत पारिश्रृमिक नपाएको हो की भन्ने चर्चा चलेको छ ।

हालै अदितीले एक अन्तरवार्ताको क्रममा पाश्रिृमिकको प्रश्नमा हाँस्दै एडभान्स पाईसकेको र बाँकी रिलिज पछि पाउँने बताएकी थिईन् । उनले यो सब भनिरहँदा निकै हाँसेकी थिईन त्यसैले पनि कृ बाट उनले पारिश्रृमिक पाएकी छैनन भन्ने चर्चाले यतिबेला सिने बजार तातेको छ । उनले चलचित्रमा नायिका बन्नकै लागि लगानी भने गर्नु नपरेको बताएकी अदितीले आफनो पारिश्रृमिक भने खुलाउँन चाहिनन् ।

त्यसोत नेपाली चलचित्र क्षेत्रमा कुनै डेब्यु कलाकारलाई भित्राईदै छ भने पारिश्रृमिक नदिनु र कतिपयलाई त लगानीसमेत गर्न लगाउँनु नौलो भने होईन तर भुवन केसी जस्ता स्टारको चलचित्रको नायिकाले पारिश्रृमिक नपाउँनुले राम्रो सन्देश भने जाँदैन ।