नेपाली सिनेक्षेत्रमा चर्चित प्रेमी जोडीमध्य पर्छन निर्माता छबीराज ओझा र नायिका शिल्पा पोखरेल । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई हस्तीको बिवाहको खबरले मिडिया तथा दर्शकहरुको ध्यान निकै तानिरहेको हुन्छ । तर रोचक कुरा के छ भने जब छबीराज व्यानरको चलचित्र रिलिजको तयारीमा हुन्छ तब मात्र यी दुईको बिवाहको खबर हाईलाईटमा आउँछ ।

हाल ‘मंगलम’ चलचित्रको प्रमोसनको क्रममा रहेका उनीहरुले यो बर्ष बिवाह गरिसक्ने चर्चा छ भने कतिले यो फिल्म चलाउँने हतकाण्ड मात्र हो उनीहरुको बिवाह पहिले नै भईसकेको भन्ने चर्चा पनि छ । कतिसम्म भने उनीहरु लिभ ईन टुगेदरमा रहेको पनि बताईन्छ तर छबी शिल्पा लिभईन टुगेदरको कुरालाई भने ठाडै खण्डन गर्छन् ।

छबी शिल्पाले कहिले बिवाह गर्लान त भन्ने जिज्ञासाहरु निकै बढिरहेको समय बाघ निर्माताकोरुपमा चिनिएका छबीले अहिले प्रेममा मात्र रहेकोले बिवाह पछिको कुरा भएको बताएका छन् । आफनो चलचित्रको बारेमा भन्दा बिवाहमा मात्र बढि फोकस भएकोमा उनी केही असन्तुष्ट देखिएका छन् ।

उनी भन्छन् “जहिले शिल्पा तयार हुुन्छिन् तब नै बिवाह हुन्छ” । शिल्पा कै निर्माणमा बनेको चलचित्र ‘मंगलम’ मा शिल्पासंगै नायकद्वय पुष्प खड्का र पृश्वीराज प्रसाईंको अभिनय रहेको छ । छविराज ओझाको निर्माणमा तयार भएको ‘मंगलम’ फागुन २५ मा रिलिज हुँदैछ ।नारीप्रधान चलचित्र ‘मंगलम’ को केही दिन अगाडीमात्र टे«लर रिलिज भईसकेको छ जुन चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मीको पनि बिषेश भुमिका रहेको छ ।