शुक्रबारबाट रिलिजमा आएको अक्षयकुमार स्टारर फिल्म ‘प्याडम्यान’ ले बलिउडमा सकरात्मक प्रतिक्रिया पाएको छ । सत्य घटनामा आधारित यस फिल्ममा महिलाहरुले महिनावारीको समय भोग्नु परेको समस्या र विभेदका बिषयलाई उठान गरिएको प्याडम्यानले फस्ट डे मा डोमेस्टिक १३.१५ करोड कलेक्सन गर्न सफल भएको छ ।

अक्षयकुमारसंगै राधिका आप्टे र सोनम कपुरको मुख्य अभिनय रहेको यस फिल्मलाई भारतमा २७५० र ओभरसिजमा ६०० पर्दाका साथ रिलिजमा आएको प्याडम्यानले देशमा बिक्री हुने सेनिटरी प्याडमा कर फ्रि बनाउँन पनि आग्रह गरिएको छ । आर बाल्कीले निर्देशन गरेको ‘प्याडम्यान’ ले सामाजिक कथाबस्तु उठाएको कारण प्याडम्यानलाई दर्शकहरुले निकै रुचाएका छन् ।

पछिल्लो समय फरकधारका फिल्महरुमा काम गर्दे आईरहेका अक्षयले यसअघि ‘ट्वाईलेट एक प्रेमकथा’ मा काम गरेका थिए । जुन फिल्मले पनि बक्सअफिसमा सफलताको झण्डा गाडेको थियो ।