अभिनेता सलमान खानले आफ्नो ज्वाइ आयुष शर्माले बलिउडमा डेब्यू गर्न लागेको नयाँ फिल्म ‘लभ रात्री’का लागि अभिनेत्रीको खोजी गरेका छन् । सलमानले ट्विटरबाट ‘मैले यूवती भेटेँ’ भनेर ट्विट गरेका थिए । उनले, आफ्ना ज्वाइका लागि खोजेकी यूवतीको नाम वारिना हसिन हो । वारिनाको तस्बिर शेयर गर्दै सलमानले ‘लभरात्री’की अभिनेत्रीको रुपमा परिचित पनि गराएका थिए । यो फिल्मलाई सलमानले नै निर्माण गर्दैछन् ।