बलिउड इन्डस्ट्रीमा प्रत्येक दिन कयौं गीत रिलिज हुने गर्छन् तर फेरि पनि अब इन्डस्ट्रीमा ९० को दशकको हिट गीतको रिमिक्स्ड भर्जन विना कुनै फिल्म पूरा हुँदैनन् । यस्तै, चाँडै बलिउड स्टार टाइगर श्राफ र दिशा पटानीको फिल्म ‘बागी २’ मा पनि ९० को दशकको हिट गीत राखिने भएको छ ।

यो गीत बलिउड सुन्दरी माधुरी दीक्षितमाथि फिल्मांकन गरिएको थियो । खासमा, माधुरीको गीत ‘एक दो तीन’ को करा गर्दैछौं र यो गीत फिल्म 'तेजाब' को हो । तर, यो गीतको रिमेकमा माधुरी होइन ज्याकलिन फर्नान्डेज देखिँदैछिन् । अहिले यो गीतको सुटिङ भइरहेको छ ।

गणेश आचार्य र अहमद खानले मिलेर गीतको कोरियोग्राफी गरिरहेका छन् । फिल्म ‘बागी २’ सन् २०१६ मा आएको फिल्म ‘बागी’ को सिक्वेल हो । फिल्म ‘बागी’ मा टाइगरको साथमा अभिनेत्री श्रदा कपुर मुख्य भूमिकामा थिइन् । यसअघि फिलम बागीको निर्देशन शब्बीर खानले गरेका थिए । तर यो फिल्म अहमद खानले निर्देशन गरिरहेका छन् । खबरका अनुसार बागी २ सन् २०१८ को मार्च ३० मा रिलिज हुँदैछ ।